चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-07-10
  • 16:49:11
  • शुक्रबार,आषाढ २६, २०८३
  • चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

    यस्तै पर्यटन मन्त्रालयको प्रस्तावमा बैठकले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा कोरियाली ७ जना र ३ जना नेपाली गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ।