राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मानव–वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० राष्ट्रिय सभामा पेस - Chaitanya News
  • 2026-07-10
  • 17:16:30
  • शुक्रबार,आषाढ २६, २०८३
  • राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मानव–वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० राष्ट्रिय सभामा पेस

    राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मानव–वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० राष्ट्रिय सभामा पेस

    काठमाडौँ– राष्ट्रिय सभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेस गरिएको छ।

    आज (बुधबार) राष्ट्रिय सभाको बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

    प्रतिवेदन प्रस्तुत गर्दै उनले श्रीलङ्का टापुको बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा रहेको बताए। उनले सगरमाथा प्रदूषण नियन्त्रण समितिको भूमिकालाई प्रवर्द्धन गरी विश्वमा ताजा र नेपालको शानको रूपमा रहेको सगरमाथाको सफाइमा विशेष ध्यान दिनुपर्ने, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी प्रभावकारी नीतिको अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए।

    मानव र वन्यजन्तु द्वन्द्वको कारण सिर्जित समस्याको दीर्घकालीन समस्या खोज्नुपर्ने बताए। संरक्षित क्षेत्रहरूमा एकीकृत सूचना प्रणाली लागू गर्न, मध्यवर्ती र कोर एरियाबिचको स्पष्ट सीमा निर्धारण हुनुपर्ने, संरक्षित क्षेत्रको सीमाङ्कन जिपीएसका आधारमा निर्धारण गर्नुपर्ने उनले बताए।