काठमाडौँ– सत्तारुढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ। न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प तय गर्न बनेको १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।
कार्यदलले शनिबार प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरूलाई साझा संकल्पको मस्यौदा हस्तान्तरण गरेको थियो। कार्यदलले बुझाएको मस्यौदालाई अन्तिम रूप दिएर मंगलबार सार्वजनिक गरिएको छ।
राजनीतिक स्थायित्व, विकास र सामाजिक न्याससहित आर्थिक समृद्धिमा सङ्कल्प प्रस्तावमा जोड दिइएको छ।