काठमाडौं– बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का धवल शमशेर राणाले जनता समाजवादी पार्टी (जसपा)का मोहम्मत इस्तियाक राई भन्दा झन्डै दोब्बर मतले अग्रता लिएका छन्।
राप्रपाका राणाले १३ हजार ३५५ मत ल्याउँदा राईले ८ हजार ५५९ मत मात्रै ल्याएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले १ हजार ७५९ मत मात्रै ल्याएका छन्।
कुल मत २७ हजार ९३० मत गणना भई सकेको छ। बाँकी अरु मत गणना चलिरहेको छ।