वैशाख १५ गते हुने इलाम–१ को उपनिर्वाचनका लागि २० दल दर्ता, निर्वाचन चिह्नको क्रम निर्धारण (सूचीसहित) - Chaitanya News
  • 2026-07-10
  • 17:55:36
  • शुक्रबार,आषाढ २६, २०८३
  • वैशाख १५ गते हुने इलाम–१ को उपनिर्वाचनका लागि २० दल दर्ता, निर्वाचन चिह्नको क्रम निर्धारण (सूचीसहित)

    वैशाख १५ गते हुने इलाम–१ को उपनिर्वाचनका लागि २० दल दर्ता, निर्वाचन चिह्नको क्रम निर्धारण (सूचीसहित)

    काठमाडौँ– आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि इलाम–१ मा २० दल दर्ता भएका छन्। निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए।

    उनका अनुसार बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएका छन्।