काठमाडौँ– अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश भएको छ।
आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले सम्झौता पेश गरेका हुन्।
संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधिहरूको प्रयोग गरी सदस्य राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा आई एस ए स्थापित भएको बताए।
उनका अनुसार यो सम्झौताबाट फाइदा हुने देखी नेपालले समेत हस्ताक्षर गरिसकेको बताए। अनुमोदनका लागि संसदमा पेश गरिएको पनि मन्त्री बस्नेतले बताए।