पोखरा– तनहुँ– १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रता कायमै छ। पौडेलले ४६१ मतले अग्रता कायम गरेका हुन्। उनको १ हजार ७६२ मत आएको छ।
प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १ हजार ३०१ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४६८, राप्रपाका विनोद घर्तीले ३४६ मत पाएका छन्।
रामचन्द्रको प्रधानमन्त्री सपनामा चुनौति भनिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले २१५ मात्रै प्राप्त गरेका छन्।
कांग्रेसले साधरण सदस्य समेत नरहने गरेर कारवाही गरेको जोशीले स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा होमिएका हुन्।
१ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादी अगाडि छ।
यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेसका शंकर भण्डारी अगाडि छन्। उनी एमालेका किरण गुरुङभन्दा २ हजार ६६८ मतले अगाडि छन्। भण्डारीले १५ हजार २७७ र गुरुङले १२ हजार ५८९ मत पाएका छन्।
२ ‘क’ मा माओवादी र २‘ख’ मा कांग्रेस उम्मेदवारको अग्रता कायम छ।