‘सोर्स फोर्स’बाट आउने कर्मचारीको मूल्यांकनमा ०.५ नम्बर घटाएर कारबाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी - Chaitanya News
  • 2026-07-10
  • 17:55:58
  • शुक्रबार,आषाढ २६, २०८३
  • ‘सोर्स फोर्स’बाट आउने कर्मचारीको मूल्यांकनमा ०.५ नम्बर घटाएर कारबाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी

    ‘सोर्स फोर्स’बाट आउने कर्मचारीको मूल्यांकनमा ०.५ नम्बर घटाएर कारबाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाएर आउने कर्मचारीको मूल्याकंननमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन्।

    उनले शिक्षा मन्त्रालय वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइने चेतावनी दिएकी हुन्।

    सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला। हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्ने पनि मन्त्री श्रेष्ठले बताइन्।

    उनले कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाणसहित सिधै मलाई खबर गर्न आग्रह गरेकी छन्।

    उनले त्यस्ता व्यक्तिलाई कारबाही हुने प्रतिबद्धता व्यक्त समेत गरेकी छन्।