म राष्ट्रपति भइन भने रक्तपात हुनेछ - Chaitanya News
  • 2026-07-10
  • 18:30:09
  • शुक्रबार,आषाढ २६, २०८३
  • म राष्ट्रपति भइन भने रक्तपात हुनेछ

    म राष्ट्रपति भइन भने रक्तपात हुनेछ

    वाशिङटन डीसी– अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘रिम्याच’ हुँदै छ। यसैबीच शनिबार ट्रम्पले एक र्यालीमा निर्वाचनमा आफूले जितिन भने देशमा ‘रक्तपात’ हुने चेतावनी दिएका छन्। ओहायोको डेटनमा एक र्यालीमा सम्बोधन गर्दै क्रममा ट्रम्पले यस्तो भनेका हुन्। ‘यदि अहिले मैले चुनावमा जितिन भने यहाँ रक्तपात हुनेछ। कम्तीमा यही हुनेछ। रक्तपात देशका लागि हुन लागेको छ।’ उनले भने।

    तर अहिलेसम्म ट्रम्पको यो भनाइको आशय के हो भन्ने स्पष्ट भएको छैन। यो चेतावनी दिइरहेको समयमा उनले अटो उद्योगबारे गुनासो गरिरहेका थिए। भीडलाई सम्बोधन गर्दै ट्रम्पले आफू पुनः निर्वाचित भए चीनबाट अमेरिकामा आयात गरिएका कुनै पनि गाडी बेच्न नसक्ने बताएका थिए।

    बाइडेन विरुद्ध अभिव्यक्ति

    अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ। यस्तो अवस्थामा ट्रम्पले चुनावअघि अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध कटु अभिव्यक्ति दिइरहेका छन्। अमेरिकी संसदमा सन् २०२१ को जनवरी ६ मा भएको दंगासम्बन्धी मामिलामा जेलमा परेका मानिसहरूलाई बन्धक बनाएको सन्दर्भ समेत ट्रम्पले कोट्याएका थिए। यसैबीच बाइडेनले पनि जनवरी ६ का घटनाक्रमलाई आफ्नो भाषणमा उठाइरहेका छन्। एजेन्सी