बझाङ उपनिर्वाचनका लागि एमालेबाट तीन जनाको नाम सिफारिस - Chaitanya News
  • 2026-07-10
  • 18:29:55
  • शुक्रबार,आषाढ २६, २०८३
  • बझाङ उपनिर्वाचनका लागि एमालेबाट तीन जनाको नाम सिफारिस

    बझाङ उपनिर्वाचनका लागि एमालेबाट तीन जनाको नाम सिफारिस

    कैलाली– बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ मा नयाँ गठबन्धनबाट एमालेलाई भागबन्डा दिलाउन सुदूरपश्चिम प्रदेश कमिटीले माथिल्लो कमिटीलाई आग्रह गर्ने भएको छ।

    आज प्रदेश पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले वैशाख १५ गते तोकिएको उपनिर्वाचनका विषयमा छलफल गरेको हो। जिल्लाले उक्त क्षेत्रको लागि दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस थियो। उक्त नाम केन्द्रमा पठाउँदै उक्त क्षेत्रमा एमाले निर्वाचन लड्नेगरि केन्द्रमा सहमति गर्न आग्रह गर्ने निर्णय भएको एमालेले जानकारी दिएको छ।

    प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएको र अर्को प्रदेशमा माओवादी केन्द्रमा भीम भण्डारी निर्वाचित रहेको हुँदा रिक्त रहेको क्षेत्र एमालेका लागि सुरक्षित गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको एमालेको भनाई छ। काँग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा परेर निधन भएपछि यो निर्वाचन क्षेत्र खाली थियो।