माओवादीको विधान फाइनल, स्थायी कमिटीले दियो अन्तिम रुप - Chaitanya News
  • 2026-07-10
  • 18:29:55
  • शुक्रबार,आषाढ २६, २०८३
  • माओवादीको विधान फाइनल, स्थायी कमिटीले दियो अन्तिम रुप

    माओवादीको विधान फाइनल, स्थायी कमिटीले दियो अन्तिम रुप

    काठमाडौँ– माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित पारित गरेको छ। आज (शुक्रबार) केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

    अधिवेशनबाट मूल स्प्रिट त पहिले नै पास भएको हो। अहिलेचाहिँ हामीले विहङ्गम रूपमा त्यसलाई समृद्ध बनाउनका लागि छलफल भएको छ। छलफलपछि विधान सम्पादन सहित फाइनल भएको छ’, उनले भने।

    यसैगरी राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ। दाहाल फागुन २९ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।

    बैठकले नेताको कार्याविभाजन, दुई चरणको अभियान लगायत विषयमा पनि निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए।

    माओवादी विधाननेकपा माओवादी केन्द्रमाओवादी स्थायी समिति बैठक