काठमाडौँ– नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन्।
यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए। उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो।
सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको शुक्रबारको प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका छन्।