कञ्चनपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक समीकरण कच्चा नभएको बताएका छन्। आज (बिहीबार) एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘अहिलेको समीकरण कच्चा छैन। यसलाई टिकाउने हो। यो समीकरण हामीले बनाएका हौँ। नेपालीले बनाएको हो’, ओलीको भनाइ छ। साथै उनले नेपाली कांग्रेसले यो समीकरणलाई चीनले बनाएको भनेर प्रचारबाजी गरिरहेको भन्दै त्यस्तो झुटो प्रचार नगर्न आग्रह गरे।
‘कोहीले यो समीकरण चीनले बनाइदिएको हो भनेर अपमान गर्ने काम गरिरहेका छन्। म त्यसो भनेर चीनको अपमान नर्ग आग्रह गर्छु’, कांग्रेसप्रति लक्षित गर्दै ओलीले भने। त्यसक्रममा अध्यक्ष ओलीले मुलुकको परिस्थिति फेरिएको भन्दै नयाँ परिस्थितिमा आत्मविश्वास र दृढताका साथ अघि बढ्न एमाले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए।