बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सांसद प्रेम सुवालको माग - Chaitanya News
  • 2026-06-04
  • 03:29:07
  • बुधबार,जेठ २०, २०८३
  • बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सांसद प्रेम सुवालको माग

    बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सांसद प्रेम सुवालको माग

    काठमाडौँ– सांसद प्रेम सुवालले बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सरकारसँग माग गरेका छन्। आज (बिहिबार)फरक सत्ता समीकरण नेपाली काँग्रेसका अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक वर्ष, २०८१–८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता फेर्न सभामुखमार्फत सांसद सुवालले सरकारसँग माग गरेका हुन्।

    ‘नेपाली काँग्रेसको कार्यक्रममा र नेकपा एमालेको कार्यक्रम एउटै हुन सक्छ र?’ प्रश्न राख्दै सांसद सुवालले अर्थमन्त्रीको नेतृत्व फेरिएसँगै काँग्रेसले ल्याएको बजेटको सिद्धान्त तथा प्राथमिकता फेरिनुपर्ने बताए।

    गत फागुन १४ गते निवर्तमान अर्थमन्त्री डा महतले आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका थिए। तर, उक्त विधेयकमाथि छलफल हुन नपाउँदै नेपाली काँग्रेस नेतृत्वको सत्ता समीकरण भत्किएर नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) को समीकरणमा सरकार बनेको छ। नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारको अर्थमन्त्रीमा हाल पार्टीकै उपमहासचिव वर्षमान पुन छन्।