आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० दलको निवेदन (नामसहित) - Chaitanya News
  • 2026-07-10
  • 19:20:36
  • शुक्रबार,आषाढ २६, २०८३
  • आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० दलको निवेदन (नामसहित)

    आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० दलको निवेदन (नामसहित)

    काठमाडौँ– आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले निवेदन दिएका छन्। निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेको निर्वाचन अयोगले जनाएको छ।

    निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो। उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन्।

    रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन। एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १९क०मा काँग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।