डडेल्धुरामा सागरभन्दा देउवा दोब्बर मतले अगाडि - Chaitanya News
  • 2026-09-14
  • 20:15:01
  • सोमबार,भाद्र २९, २०८३
  • डडेल्धुरामा सागरभन्दा देउवा दोब्बर मतले अगाडि

    डडेल्धुरामा सागरभन्दा देउवा दोब्बर मतले अगाडि

    काठमडौं  – डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएको छ भने छ सय ५६ मत बदर भएका छन् ।