त्रिकोणात्मक श्रृङ्खला: आज नेपाल र घरेलु टोली हङकङबीच खेल हुने - Chaitanya News
  • 2026-06-07
  • 12:34:49
  • आइतबार,जेठ २४, २०८३
  • त्रिकोणात्मक श्रृङ्खला: आज नेपाल र घरेलु टोली हङकङबीच खेल हुने

    त्रिकोणात्मक श्रृङ्खला: आज नेपाल र घरेलु टोली हङकङबीच खेल हुने

    काठमाडौँ–  नेपालले त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दै छ। खेल नेपाली समय अनुसार बिहान ११ १५ मा मोकं कोकमा सुरु हुनेछ।

    नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ। नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ। फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।

    हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङ आक्रामणको भरपूर्ण फाइदा उठाउँदै २१२ रन बनाएको थियो। बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित सर्वाधिक ११० रन बनाएका थिए। मार्टिन कोट्जी २१ बलमा ३१ रनमा आउट भएका थिए। बाबर र मार्टिन प्रमुख ब्याटर हुन्। यी दुई ब्याटरको विकेट निकै महत्वपूर्ण हुनेछ।

    निजाकत खान र अंशुमन रथ पनि घातक बन्न सक्ने खेलाडी हुन्। शनिबारको खेलमा आजाज खानले ४ र एहसान खानले ३ विकेट लिएका थिए। यी दुई प्रमुख बलर हुन्।

    नेपालको ब्याटिङ शीर्ष क्रममा बढी निर्भर छ। कुशल भुर्तेल, विनोद भण्डारी र रोहित पौडेल प्रमुख ब्याटर हुन्। यी तीन मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ।

    पहिलो खेलमा तीन ओभरमा ४८ रन खर्चेका राशिद खानको स्थानमा आज करण केसी खेल्ने बलियो सम्भावना छ। विवेक यादव र सन्दीप जोरालाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ। पहिलो खेलमा सन्दीप २ र विवेक १ रनमा आउट भएका थिए।