क्रिकेट संघले गर्‍यो त्रिकोणात्मक सिरिज खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ - Chaitanya News
  • 2026-06-07
  • 12:35:06
  • आइतबार,जेठ २४, २०८३
  • क्रिकेट संघले गर्‍यो त्रिकोणात्मक सिरिज खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    क्रिकेट संघले गर्‍यो त्रिकोणात्मक सिरिज खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ। नेपाली टोली आज बिहीबार राति साढे ११ बजे हङकङ प्रस्थान गर्ने छ।

    नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन्। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ। त्रिकोणात्मक सिरिजमा फागुन २७ (१) मार्च मा नेपाल र हङकङबीच खेल हुनेछ।

    फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ। दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ।फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।

    नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहरा रहेका छन् ।