मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्ने छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्ने छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला। आलस्य र थकानको अनुभूति हुनेछ। झुटा आरोप लाग्न पनि सक्छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सामाजिक र प्राविधिक काम सम्पन्न हुने त्यसबाट थप ऊर्जा मिल्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला। मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ। चिताएको कामले तीव्रता लिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ। नजिकको मित्रसँग भेटघाट हुनेछ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। खेतीपातीबाट बढी लाभ लिन सकिनेछ, तर चिताएको काम रोकिन सक्छ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ। जोश, जाँगर र हिम्मत बढ्ने छ। व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला जगाउने छ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
प्रेमीको सहयोग प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। शुभकार्यको चर्चा चल्ने छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ने छ।