गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी ‘प्रचण्ड’ले पूरा गर्दै हुनुहुन्छ : देवेन्द्र पौडेल - Chaitanya News
  • 2026-07-10
  • 20:26:46
  • शुक्रबार,आषाढ २६, २०८३
  • गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी ‘प्रचण्ड’ले पूरा गर्दै हुनुहुन्छ : देवेन्द्र पौडेल

    गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी ‘प्रचण्ड’ले पूरा गर्दै हुनुहुन्छ : देवेन्द्र पौडेल

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काँग्रेसले राजनीतिक बेइमान भनी गरेको टिप्पणीको खण्डन गरेका छन्।

    आफूसँगको सत्ता गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि काँग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’लाई राजनीतिक बेइमान भनी टिप्पणी गरेको छ। बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी सांसद पौडेलले काँग्रेसले गरेको टिप्पणीको खण्डन गर्दै काँग्रेसकै नेता गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन्।

    गिरिजा प्रसाद कोरालालाई सबैले सम्मान गर्ने र आफूहरूले भन्दा बढी काँग्रेसले सम्मान गर्ने बताए।

    माओवादी सचिव पौडेलले थपे, ‘गिरिजा प्रसाद कोइरालाले ठिकै व्यक्ति छान्नुभएछ। अब यो देश सबै हिसाबले तपाईँले सम्हाल्नु होला भनेर कमरेड प्रचण्डलाईलाई जिम्मा लगाएको कुरा साँचो हो।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले आफू बाचुन्जेल उथलपुथल हुन्छ भनी दिएको सार्वजनिक अभिव्यक्तिको बचाउ गर्दै उनले भने, ‘कोही पनि आतंकित हुन जरुरी छैन। गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीले पूरा गर्दै हुनुहुन्छ।