यू–१६ महिला फुटबलमा जित्नै पर्ने दबाबमा दुवै टोली - Chaitanya News
  • 2026-06-07
  • 12:37:23
  • आइतबार,जेठ २४, २०८३
  • यू–१६ महिला फुटबलमा जित्नै पर्ने दबाबमा दुवै टोली

    यू–१६ महिला फुटबलमा जित्नै पर्ने दबाबमा दुवै टोली

    काठमाडौँ– राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सात दोबाटोमा सुरु हुने छ।

    चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।

    आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ। बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ। भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो। नेपालले भुटानमाथि ३–० को जित निकालेको छ। यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो। भारत बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।

    यसैगरी, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ। भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ। फाइनल खेल आइतबार हुने छ।