काठमाडौँ– नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन्।
उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेकी हुन्।
आजै अन्य मन्त्रीहरूले पनि पदभार गरिरहेका छन्। शर्मा यसअघि पनि सञ्चारमन्त्री रहेकी थिइन्।