काठमाडौँ– नयाँ गठबन्धनका दलहरूले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्। नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगाएका हुन्।
नेकपा (एमाले)ले ८ मन्त्रालय, माओवादी केन्द्र ५ र राष्ट्रिय स्वतन्त्र पार्टी ४ मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेका हुन्। गठबन्धनको अर्को दल जसपाले अझै मन्त्रीहरूको नाम टुंगाएको छैन।
नेकपा एमालेबाट रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, राजेन्द्रकुमार राई, भूमि व्यवस्था तथा सहकारी मन्त्री, पदम गिरी, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका छन्। यसै गरी भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, हरि उप्रेती, रक्षा मन्त्री र ज्वालाकुमारी साह, कृषि मन्त्री रहेका छन्।
माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री, वर्षमान पुन, अर्थमन्त्री, शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री र हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री र डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन्।
मन्त्रीहरूको शपथ आजै हुने बताइएको छ।