काठमाडौँ– नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ।
सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो।
नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने स्रोतले जनाएको छ। आजै मन्त्रीहरूको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतको भनाई छ।