काठमाडौँ– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री दोहोरिने भएका छन्।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने भएका छन्।
माओवादी स्रोतका अनुसार अर्थमन्त्री वर्षमान पुन हुनेछन् भने शक्तिबहादुर बस्नेत र रेखा शर्मा पनि मन्त्रीमा दोहोरिनेछन्।
माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसकेका छन्। तर श्रेष्ठ र पुनबाहेक अरूको मन्त्रालय टुङ्गिएको छैन।