चर्चामा गठबन्धनका मन्त्री र मन्त्रालय - Chaitanya News
  • 2026-07-13
  • 11:59:39
  • सोमबार,आषाढ २९, २०८३
  • चर्चामा गठबन्धनका मन्त्री र मन्त्रालय

    चर्चामा गठबन्धनका मन्त्री र मन्त्रालय

    काठमाडौँ– नयाँ गठबन्धनका दलहरूले आफूले पाउने मन्त्रालय र मन्त्रीहरूको टुङ्गो लगाउन व्यस्त छन्। बालुवाटारमा बुधवार बिहान बसेको बैठकमा दलहरू मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको छ।

    नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ। नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाले आफ्नो दलको भागमा परेका केही मन्त्रालयहरूमा मन्त्री पठाउने तयारी गरेका छन्। तीनै दलले मन्त्रीहरूको नाम पठाए बुधवारै शपथ हुनेछ।

    स्रोतकाअनुसार एमाले उपप्रधानसहित रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने छ। एमाले भौतिक योजना, रक्षा लगायतका मन्त्रालय लिने तयारीमा छ। पदम गिरी एमालेबाट मन्त्री भइसकेका छन्। माओवादीले अर्थ र परराष्ट्र मन्त्रालय लिने चर्चा छ। माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र र अर्थमा वर्षमान पुनको चर्चा छ।

    रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री हुनेछन्। डीपी अर्याललाई श्रम मन्त्रालय, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने रास्वपाको तयारी छ।