एमालेले टुंग्यायो मन्त्रीहरूको नाम - Chaitanya News
  • 2026-07-13
  • 11:59:16
  • सोमबार,आषाढ २९, २०८३
  • एमालेले टुंग्यायो मन्त्रीहरूको नाम

    एमालेले टुंग्यायो मन्त्रीहरूको नाम

    काठमाडौँ– नेकपा एमालेले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ। सत्ता गठबन्धनका नेताहरूले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरूको नाम टुंगो लगाएको हो।

    सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ। नेताहरूका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन्। उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन्।

    पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन्। अब दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन्।

    महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए।