काठमाडौँ– नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन्। संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन्।
प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्।
बर्तौला मकवानपुर(२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन्। प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन्।