काठमाडौँ– सार्वजनिक खरिद (तेह्रौँ) (संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भएको छ।
समयमा काम सम्पन्न नभएका र काम चालु अवस्थामा रहेका आयोजनाको समय एकमुष्ट थप्न सक्ने गरी संशोधन गरिएको नियमावली राजपत्रमा प्रकाशित भएको हो।
समय थपका लागि निर्माण कम्पनीले बुझाएको कार्य तालिका अनुसार नै समय थपिने गरी कार्यालय प्रमुखलाई अधिकार दिइएको छ। तर, आर्थिक दायित्व भने थप नहुने सर्तमा समय थप्न सकिने संशोधन भएको नियमावलीमा उल्लेख गरिएको छ।