एनपी साउदले भने: परराष्ट्र मन्त्रीको जिम्मेवारीमा रहँदा मैले सन्तोषजनक काम गरेको छु - Chaitanya News
  • 2026-07-10
  • 22:07:39
  • शुक्रबार,आषाढ २६, २०८३
  • एनपी साउदले भने: परराष्ट्र मन्त्रीको जिम्मेवारीमा रहँदा मैले सन्तोषजनक काम गरेको छु

    एनपी साउदले भने: परराष्ट्र मन्त्रीको जिम्मेवारीमा रहँदा मैले सन्तोषजनक काम गरेको छु

    काठमाडौँ– निवर्तमान परराष्ट्र मन्त्री एनपी साउदले झण्डै एक वर्ष मुलुकको परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रहेको बताएका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गठबन्धन फेरेपछि पदमुक्त भएका साउदले आफूले गरेको काम सन्तोषजनक रहेको जिकिर गरे।

    ‘झण्डै एक वर्ष मुलुकको परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रह्यो। यो महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहँदा राजनीतिक नेतृत्व वर्ग, राष्ट्रसेवक कर्मचारी, कूटनीतिक समुदाय, सञ्चारकर्मी एवं सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त भयो, जसका लागि म उहाँहरू सबैप्रति आभारी छु’ उनले भनेका छन्।

    जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको जिकिर गर्दै छिट्टै सकारात्मक नतिजा आउनेमा आशावादी रहेको बताए।

    राष्ट्रहित प्रवर्द्धन गर्ने एवं ठूलो सङ्ख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षा गर्ने दिशामा फरक भूमिकामा रहेर पनि इमानदार प्रयास राख्ने बताए।