राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित - Chaitanya News
  • 2026-07-10
  • 22:08:32
  • शुक्रबार,आषाढ २६, २०८३
  • राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित

    राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित

    काठमाडौँ– राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित भएको छ। आइतबार प्रकाशित राष्ट्रिय प्रसारण (१२औँ संशोधन) नियमावली, २०८० मा यो वर्ष नवीकरण गर्न छुटेका रेडियोहरूले एक महिनाभित्र निवेदन दिएमा नवीकरण शुल्क पूर्ण छुटसहित नवीकरणको व्यवस्था गरिएको छ।

    वर्षौँदेखि नवीकरण गर्न नसकेका रेडियोहरूका लागि पनि एक महिनाभित्र निवेदन दिएमा एक पटकका लागि नवीकरणको व्यवस्था गरिएको छ। यसअघि हरेक महिना दश प्रतिशतका दरले शुल्क बढ्दै जाँदा लाखौँ जरिवाना तिर्नुपर्ने भएकाले त्यस्तो रकम तिर्न नसकेकाहरूले पनि २ प्रतिशतका दरले जरिवाना शुल्क तिरेर नवीकरण गर्न पाउने छन्।

    टावर र फ्रिक्वेन्सी नल्याएर कसैले अनलाइनबाट मात्रै रेडियो सञ्चालन गर्न खोजेको खण्डमा पहिलो पटक अनलाइन रेडियोलाई कानुनी मान्यता दिइएको छ। यस्तै ओटीटीलाई नियमनमा ल्याइएको छ।