चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी - Chaitanya News
  • 2026-07-10
  • 22:07:43
  • शुक्रबार,आषाढ २६, २०८३
  • चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

    चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

    काठमाडौँ– नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाँटको सकस सुरु भएको छ। गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा थप दलहरूलाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन्। गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ।

    रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबारै विना विभागीय मन्त्री बनिसकेका छन्। अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडानमा छन्।

    ‘शीर्ष नेताहरुबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैँ जानुहुन्छ,’ रास्वपाका एक सांसदले भने, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन।

    ती सांसदका अनुसार रास्वपाले चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । ‘यही मन्त्रालय भन्ने छैन। गृहमा हाम्रो बलियो दाबी हो। बाँकी जुन मन्त्रालय भएपनि हुन्छ, तर चार वटा हुनुपर्छ भन्ने छ,’ ती सांसदले भने।