संघदेखि प्रदेशसम्म प्याकेजमै सहमति गर्ने नयाँ गठबन्धनको तयारी - Chaitanya News
  • 2026-07-10
  • 22:07:38
  • शुक्रबार,आषाढ २६, २०८३
  • संघदेखि प्रदेशसम्म प्याकेजमै सहमति गर्ने नयाँ गठबन्धनको तयारी

    संघदेखि प्रदेशसम्म प्याकेजमै सहमति गर्ने नयाँ गठबन्धनको तयारी

    काठमाडौँ– नयाँ गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ। एमाले(माओवादी(रास्वपा(जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरु भएको हो।

    बैठकमा लिखित सहमति हुने बताइएको छ। मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा प्याकेजमै सहमति हुने नेताहरूले बताएका छन्।

    बालुवाटार छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। त्यस्तै वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल राजेन्द्र श्रेष्ठ पनि बैठकमा छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्। आजै साँझ एमाले, माओवादी र रास्वपाका एक(एकजना गरी तीनजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ।