काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म उथलपुथल भइराख्ने बताएका छन्। आज (सोमबार) शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दे उनले यसतो दाबी गरेका हुन्। यस्तै उनले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको समेत बताए।
आजको दिन विशेष दिन। नयाँ उथलपुथल भएको दिन पनि बन्यो। यो सानो कुरा होइन ठुलो कुरा हो। क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ’, उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ।’ उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको पनि बताए। ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी। नयाँनयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी। सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभंगता भएको छ’, प्रचण्डले भने, ‘माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो अरुको कसैको होइन।