राजनीतिमा जस्तो फेरबदल आए पनि मिसन ८४ छोडिन्न : ओली - Chaitanya News
  • 2026-07-10
  • 22:07:42
  • शुक्रबार,आषाढ २६, २०८३
  • राजनीतिमा जस्तो फेरबदल आए पनि मिसन ८४ छोडिन्न : ओली

    राजनीतिमा जस्तो फेरबदल आए पनि मिसन ८४ छोडिन्न : ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ८४ नछाड्ने बताएका छन्। आज (सोमबार) पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ भने कुनै पनि हालतमा नछाड्ने बताए।

    आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौँ। एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो। त्यसको मापन मात्र निर्वाचनले गर्छ। एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनले बताए।

    सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास पनि ओलीले व्यक्त गरेका छन्।