नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले शपथ लिँदै - Chaitanya News
  • 2026-07-10
  • 22:08:32
  • शुक्रबार,आषाढ २६, २०८३
  • नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले शपथ लिँदै

    नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले शपथ लिँदै

    काठमाडौँ– नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन्।

    सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।

    नयाँ मन्त्रीहरूको शपथ आजै गर्ने तयारी छ। ती नेताका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।

    गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट समानुपातिकमा निर्वाचित सांसद हुन्।