संघीय निजामती सेवा विधेयक संसद् सचिवालयमा पुग्यो, रुजु हुँदै - Chaitanya News
  • 2026-11-18
  • 09:17:01
  • बुधबार,मंसिर ०३, २०८३
  • संघीय निजामती सेवा विधेयक संसद् सचिवालयमा पुग्यो, रुजु हुँदै

    संघीय निजामती सेवा विधेयक संसद् सचिवालयमा पुग्यो, रुजु हुँदै

    काठमाडौँ– संघीय निजामती सेवा विधेयक संघीय संसद् सचिवालय पुगेको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विधेयक दर्ताका लागि प्रतिनिधि सभाको विधेयक शाखामा पुगेको हो। हिजो (आइतबार) मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मस्यौदाको कपी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको थियो।