सबै मन्त्रीहरूलाई हटाउने प्रधानमन्त्रीको तयारी, आजै नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने - Chaitanya News
  • 2026-07-10
  • 23:22:45
  • शुक्रबार,आषाढ २६, २०८३
  • सबै मन्त्रीहरूलाई हटाउने प्रधानमन्त्रीको तयारी, आजै नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

    सबै मन्त्रीहरूलाई हटाउने प्रधानमन्त्रीको तयारी, आजै नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। आज (सोमबार) बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका हुन्।

    प्रधानमन्त्रीले अहिलेका सबै मन्त्री हटाउने र आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। अब बन्ने नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र जनता समाजवादी पार्टी(जसपा)बाट एकरएक जना मन्त्री बन्दैछन्।

    एमालेबाट प्रमुख सचेतक पदम गिरीको सरकारमा जाने टुङ्गो लागिसकेको छ। यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैँ सरकारमा जाने तयारी गरेका छन्। माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन सरकारमा सहभागी हुने सम्भावना रहेको बताइएको छ।

    वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई काँग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन रहेको छ।