कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु - Chaitanya News
  • 2026-07-10
  • 23:22:45
  • शुक्रबार,आषाढ २६, २०८३
  • कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु

    कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पष्ट पारेका छन्।

    आज (सोमबार) सुखानी सहिदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताए।

    माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ। आज सप्ताहको अन्तिम दिन दाहालले जनयुद्धमा मारिएका सहिद परिवारका सदस्यहरूसँग भेट गरेका थिए।

    तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो।

    सहिद परिवारका सदस्यहरू विशेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायतसँगको भेटमा प्रधानमन्त्री दाहालले सहिदप्रति उच्च सम्मान छ रहेको उल्लेख गर्दै भने, ‘आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ,’ दाहाल सचिवालयले जनाएको छ।

    फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको ५१ वर्ष पूरा भएको दिन हो। सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ।