दार्चुला– दार्चुलामा एक युवकको शव फेला परेको छ। ब्याँस गाउँपालिका–४ घोलचौर खोलामा ३५ वर्षीय नरसिंह विष्टको शव फेला परेको हो।
विष्टको घर सोही गाउँपालिका–४ डोकटमा रहेको छ। ३ गते रातिबाट बेपत्ता भएका विष्टको शंकास्पद अवस्थामा शव भेटिएको हो।आइतबार मतदान गर्न नआएपछि स्थानीयले खोजी गरेका थिए। विष्ट नेकपा एमालेका स्थानीय कार्यकर्ता रहेको खुलेको छ।
उनको हत्या भएको हुनसक्ने भन्दै आफन्त आक्रोशित भएका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले बताए।