काठमाडौँ– नेकपा एमालेले राष्ट्रिय सभामा भगवती न्यौपानेलाई दलको प्रमुख सचेतक चयन गरेको छ।
अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन।
राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो।
एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छन्। रासस