काठमाडौं– काठमाडौंको शङ्खमुलमा रहेको चैतन्य एकेडेमीले लोकसेवा आयोगबाट नेपाल प्रशासन सेवा सामान्य प्रशासन, लेखा र राजस्व समूह, लखा परिक्षण समूह, संघीय संसद सेवा र परराष्ट्र सेवा समूहको आन्तरिक प्रतिस्पर्धाबाट शाखा अधिकृत पदमा सिफारिस भएका उम्मेदवारलाई बधाई तथा शुभकामना प्रदान गरेको छ।
एकेडेमीले एक समारोहबीच उनीहरूलाई हिजो (शनिबार) बधाई तथा शुभकामना प्रदान गरिएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव गोपीनाथ मैनाली, डक्टर चिन्तामणी योगी, नेपाल सरकारका सह सचिव प्रकाश दाहल र एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले खादामाला र टीका लगाएर बधाई ज्ञापन गरेका हुन्।
![]()
चैतन्यले विगत लामो समयदखि खरिदार देखि सहसचिव सम्म लेकसेवा आयोगबाट सिफारीस हुनेहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। यसै कार्यक्रमको निरन्रता स्वरुप हिजो (शनिबार।) यही फागुन १९ गते हालै लोकसेवा आयोगबाट शाखा अधिकृतमा सिफारीस भएकाहरुलाई एक समारोहबिच सुभकामना तथा बधाई प्रदान गरेको हो
।
सहसचिव, उपसचिव, शाखाअधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङ लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउँदै सहभागी अधिकृतहरूले चैतन्यको उक्त कार्यक्रमको प्रशंसा गरेका थिए। उनीहरूले चैतन्यले व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको र यसले उतप्रेणीत गर्ने, उत्साहा थप्न मदत पुग्ने गरि विभिन्न कार्यक्रम गर्दै आईरहेको भन्दै तारिफ गरेका हुन्। आफ्नमे सफलतामा चैतन्यको ठूलो भूमिका रहेको उनिहरुले बताएका थिए। चैतन्यको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट गुणस्तरले नै उत्कृष्ट नतिजा दिन सफल भएको उनीहरूको भनाइ थियो।
![]()
तयारी कक्षामा हामीले केवल परीक्षामा लेखिने प्रश्नको उत्तर मात्र नभई सार्वजनिक प्रशासनका बहु आयामीक पक्षहरूलाई स्थानीयदेखि विश्वव्यापीकरण भएका सैद्धान्तिक र व्यावहारिक पक्षहरू बुझ्ने अवसर प्राप्त गरेका छौं। चैतन्यले कक्षा सञ्चालन गर्दा यी विभिन्न पक्षमा ध्यान दिने गरेका छौं कार्यक्रमका सहभागी हरुले भने।
![]()
चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत दश वर्षदेखि काम गर्दै आइरहेको बिचारहरु अग्रज प्रशासनिक विदहरुबाट व्यक्त भए।
![]()
आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले देशको सार्वजनिक प्रशासनको भावी पुस्तालाई नैतिकवान्, चरित्रवान् र उच्च जिम्मेवारसहित देशको सार्वजनिक प्रशासनको छविलाई उचाइमा पुर्याउने काममा सक्रिय रहन सुझाव दिएका थिए। उनले आफ्ना प्रशासनका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव पनि साटेका थिए।
![]()
यस्तै पूर्वसचिव गोपि प्रशाद मैनानीले उच्च मर्यादा र नैतिकतामा रहेर सेवा प्रवाह गर्न सुझाव दिएका थिए।
![]()
यस्तै नेपाल सरकारका सह सचिव प्रकास दाहालले तैतिकता, निस्टा र उच्च मनोवलका साथ जिम्मेवारी बोध गरेर आदर्श र मुल्य मान्यतालाई आत्मासाथ गरेर जिम्मेवार रहँन भन्दै त्यहा उपस्थित सबैलाई सुझाव दिएका थिए।
![]()
चैतन्यले राष्ट्रको प्रथामिकताका एजेण्डाहरुमा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको सम्मेलन पनि आयोजना गर्दै आईरहेको छ।
![]()
चैतन्यले कोरोना महामारीपछि लोकसेवाको तयारी गरिरहेका उम्मेदवारहरूलाई मध्यनजर गर्दै प्रत्येक शनिबार निस्शुल्क रूपमा कक्षाहरू सञ्चालन गर्दै आएको छ।
![]()
![]()
![]()