रेनुलाई ओलीले वचन: विकासको लागि म र मेरा पार्टी सहयोगी बन्न तत्पर - Chaitanya News
  • 2026-07-10
  • 23:22:05
  • शुक्रबार,आषाढ २६, २०८३
  • रेनुलाई ओलीले वचन: विकासको लागि म र मेरा पार्टी सहयोगी बन्न तत्पर

    रेनुलाई ओलीले वचन: विकासको लागि म र मेरा पार्टी सहयोगी बन्न तत्पर

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने बताएका छन्।

    आज (शुक्रबार) भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा बोल्दै उनले यस्तो बताएका छन। यस्तै उनले चितवनलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने बताउँदै भने, ‘म निम्तालाई अस्वीकार गर्न नसकेर आएको छु। यहाँको विकासको लागि म र मेरो पार्टी सहयोगी हुन तयार छ। सधैँ साथ रहन्छ।

    आगामी एक वर्षभित्र आफ्नो सपरिवार चितवन भ्रमणमा आउने योजना बनाएको सुनाए। भरतपुर महानगर प्रमुख रेनु दाहाललाई पनि सफलताको शुभकामना व्यक्त गरेका छन्।