संसदमा माओवादीको प्रश्न: संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ? - Chaitanya News
  • 2026-07-10
  • 23:21:23
  • शुक्रबार,आषाढ २६, २०८३
  • संसदमा माओवादीको प्रश्न: संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ?

    संसदमा माओवादीको प्रश्न: संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ?

    काठमाडौँ– नेकपा माओवादी केन्द्रले संसद्‌मा व्यवस्थाविरुद्ध सांसदहरूले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउदै संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ भन्दै प्रश्न गरेको छ।

    आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले यो व्यवस्थालाई मान्छौँ भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न नमिल्ने बताए।

    उनले भने, यो संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता जस्ता प्रणाली ल्याउनको लागि हजारौँको बलिदान, रगत र पसिनाबाट आएको हो। हामीले यो व्यवस्थालाई मान्छौँ भनेर संसदमा शपथ खाएका हुन्छौँ। शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौँ। तर, यहाँ दिनदिनै व्यवस्थाको विरोध गरेका सुन्छौँ।र शपथ खाएर आइसकेपछि, संविधान मान्छु भनिसकेपछि यो प्रणालीको विरोध गर्न पाइन्छ?