फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ - Chaitanya News
  • 2026-07-10
  • 23:21:41
  • शुक्रबार,आषाढ २६, २०८३
  • फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ

    फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ

    काठमाडौँ– सभामुख देवराज घिमिरेले संसदमा विपक्षीहरूले उठाएका विषयमा फागुन २१ गते जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

    यसअघिका बैठकमा दिएको निर्देशन पालना नभएको भन्दै विपक्षी दलहरूले आवाज उठाएपछि सभामुख देवराज घिमिरेले मिति नै तोकेर सकारलाई जवाफ दिन भनेका हुन्।

    विपक्षी एमाले, रास्वपा, राप्रपासहितका दलहरूले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा तानिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा गराउन माग गर्दै आएका छन्।