आज पनि प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-11-18
  • 09:46:29
  • बुधबार,मंसिर ०३, २०८३
  • आज पनि प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    आज पनि प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ– आज (शुक्रबार) पनि प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्नेछ।

    आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। त्यस्तै परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नेछन्।

    यस्तैगरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। आजको बैठकमा अर्थ मन्त्री डा.प्रकाश शरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उनले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।