तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 09:45:47
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्ने छ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिने छ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्ने छ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज मानसिक चिन्ता बढे पनि कार्य क्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । कला र गलाको प्रभाव पनि बढ्ने छ ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ कामको योजना बन्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्ने छ ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । प्रेम र दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज कार्यमा सम्पादनमा समस्या आउला । सरकारी निकायको भय पनि रहनेछ, तर नयाँ कार्य र शुभकार्यको चर्चा चल्ने छ ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    मङ्गल कार्यको योजना बन्ने छ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउने छ । स्वादिष्ट खानेकुरा पनि मिल्ने छ ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्ने छ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ । आफन्तसँग सफल भेटघाट हुनेछ । उपहार पाइने सम्भावना पनि छ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    नयाँ ठाउँमा लगानी गर्नु त्यति राम्रो नहोला । सरकारी निकायको भय रहनेछ, तर साँझ सम्ममा कहीँ कतैबाट नयाँ र शुभ समाचार मिल्ने छ ।