संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता - Chaitanya News
  • 2026-07-10
  • 23:21:40
  • शुक्रबार,आषाढ २६, २०८३
  • संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौँ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। रसिया र युक्रेनको युद्धमा नेपालीहरूलाई सहभागी गराइएको भन्दै उक्त विषयमा प्रतिनिधि सभामा छलफल गर्न प्रस्ताव दर्ता गरेको हो।

    राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरू बिना लामा, अनिशा नेपाली र बिना जैसवाल समर्थक रहेर बिहीबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो।

    संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसमक्ष दर्ता गरिएको प्रस्तावमा नेपालीहरूलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ।

    मानव तस्करी गरी युद्धस्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरूको ज्यान बचाउन जरुरी सार्वजनिक प्रस्ताव पेस गरिएको राप्रपाले जनाएको छ।