चितव– चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ। सो क्षेत्रका मतपेटिका जम्मा भएपछि रुजु गरेर सर्वदलीय बैठक बसेको हो।
सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु हुने एमाले उम्मेदवार समेत रहेका सुरेन्द्र पाण्डेको निजी सचिवालयले जनाएको छ। चितवन–१ मा प्रतिनिधिसभातर्फ एमालेका सुरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, कांग्रसका विश्वनाथ पौडेल लगायत उम्मेदवार रहेका छन्।