संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसक्यो : प्रधानमन्त्री - Chaitanya News
  • 2026-07-11
  • 00:39:37
  • शुक्रबार,आषाढ २६, २०८३
  • संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसक्यो : प्रधानमन्त्री

    संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसक्यो : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसकेको जानकारी दिएका छन्। उनले उक्त ऐनलाई संसद्‍मा ल्याउने तयारी भइरहेको पनि जानकारी दिएका हुन्।

    राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसकेको जानकारी दिएका हुन्। ‘पछिल्लो मन्त्रिपरिषद् बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याएर संसद्माा दर्ता गर्ने तयारी भइरहेको छ, ’उनले भने।

    संघ, प्रदेश र स्थानीय तहमा प्रशासनिक संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन सरकारले अगाडि बढाउन लागेको हो। प्रधानमन्त्री दाहालले संघ, प्रदेश र स्थानीय तहबीच पछिल्लो समयमा निरन्तर सहकार्य भइरहेको बताएका छन्। उनले तीन तहबीच कार्यक्षेत्र र साझा अधिकारका विषयमा छलफलबाटै अगाडि बढिरहेको बताए। तीन तहबीच अधिकारसूचीको कार्यविस्तृतिकरण गर्न लागिएको दाहालले जानकारी दिए।

    प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताए।